सदर चिडियाखाना भक्तपुरमा विस्तारिकरण गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सदर चिडियाखाना भक्तपुरमा विस्तारिकरण गर्ने तयारी

zoo

विक्रम श्रेष्ठ
काठमाडौँ, ५ फागुन । ललितपुर जाउलाखेलस्थित नेपालको एक मात्र सदर चिडयाखानामा बार्षिक आन्तरिक र बाह्य गरी करिब १० लाख पर्यटक पुग्छन् । १ सय ११ प्रजातीका बन्यजन्तु संरक्षित चिडियाखानखानले जनवर र दर्शको चाप भने धान्नसकिरहेको छैन।

१ सय ११ प्रजातीका बन्यजन्तु संरक्षित ललितपुरको सदर चिडियाखाना ६ हेक्टर क्षेत्रफलमा फौलिएको छ । दर्जनभन्दा लोपउन्मुख जनावरको संरक्षण गरिएको चिडियाखानमामा घाइते भेटिएका जंगली जनावरलाईसमेत ल्याएर उपचार गरिन्छ । यहाँ चरणका लागि पर्याप्त जमीन चाहिने हात्ती, बाघ, भालु, गैंडा, अर्ना लगायत ठूला जनावर पनि प्रशस्तै छन् । तर, जमिन कम हुँदा चिडियाखानाले जनावर र दर्शकको चाप धान्न सकिरहेको छैन । भएका जमिनसमेत थपिएका जनावरहरुका लागि व्यवस्थापन गर्दा सदर चिडियाखानामा ठुला जनवारहरुको क्षेत्र खुम्चिएको छ । ६ हेक्टर मध्ये धेरै जमिन पोखरी, पार्क र सडकले खुम्च्याएको छ । एकातिर आगन्तुककोे चापसमेत बढ्दै जाँदा कोलाहल बढ्न थालेको छ ।

सिमारेखाका कारण वाताअनुकलनको समस्या खेपीरहेका यी हिंस्रक जनवारहरु कुनै एक्लै छन् भने कुनै साथीहरुसँग छन् । सिमित रेखाकावीच थप जनावर राख्न नसक्दा एकातिर उनीहरुको भालेपोथीबीच शारिरिक संगम नहुँदा चक्रिय प्रणालीमा समस्या भएको छ भने अर्कोतिर उनीहरुको स्वतन्त्र अधिकारसमेत हनन भएको छ । असिमित जंगलमा रमाउने ती जनावरलाई वन्द सिमाभित्र राखिँदा साँधुरा घेरालाइ खुकुलो बनाइनुपर्ने सर्वसाधरणको सुझाव छ ।

नेपालको एक मात्र चिडियाखानाको क्षेत्रफल सानो भएकाले चिडियाखाना भक्तपुरमा विस्तारिकरण गर्ने तयारी भइरहेको छ । भक्तपुरको गुन्डु, सिपाडोल र कटुन्जेका सात सामुदायीक वनको तीन सय हेक्टर जमिनमा सूर्यवनायक जुलोजिकल गार्डेन एण्ड रिक्रिएशन सेन्टरको स्थापना गरेर चिडयाखानालाई थप विस्तार गर्ने तयारी भइरहेको छ । त्यो योजना कहिले पुरा हुन्छ अनुमान लगाउन गाह्रो छ । त्यसो त नयाँ चिडिया खाना विस्तार नहुँदासम्म अरु कुनै विकल्प छैन ।

चिडियाखाना एक प्रकारले अध्ययन केन्द्रसमेत हो । यहाँ नेपालमै पाइने जनावर वा चराचुरुङगीको अवलोकालन त गर्न पाएको छ नै नेपालमा नपाइने जलगैंडा लगायतका जनावरदेखि चराचुरुंगीहरुको अवलोकनसमेत गर्न पाइनन्छ । खुल्ला अध्ययन केन्द्र बनेको यस चिडियाखानाको व्यवस्थापनदेखि स्तरोन्नतीमा राष्ट्रिय प्रकृती संरक्षण कोषले थप ध्यान दिन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);