सदर चिडियाखाना सर्वसाधारणका लागि खुल्ला | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

सदर चिडियाखाना सर्वसाधारणका लागि खुल्ला

काठमाडौं, २५ मंसिर । गतवर्ष चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेल स्थित सदर चिडियाखाना बिहीबारदेखी सर्वसाधारणका लागि खुल्ला भएको छ  ।
सदर चिडियाखानाका प्रमुख डा. चिरन्जीबी पोखरेलले बन्द भएको ९ महिना पछि चिडियाखानालाई खल्ला गरिएको बताउनुभयो ।

चिडियाखाना दैनिक बिहान १० बजे देखि साँझ ५ बजेसम्म खुल्ला गरिने छ । एकपटकमा ८ सय जना सम्मलाई प्रवेश दिइने पनि डा. पोखरेलले बताउनुभयो । चिडिया खाना घुम्न जाने व्यक्ति बढीमा डेढ घण्टा सम्म भित्र बस्न पाउने व्यवस्था पनि गरिएको छ । घुम्न आउनेले मास्क अनिवार्य लागाउनुपर्ने छ भने चिडियाखाना भित्र प्रवेश गर्दा हात सेनिटाइज गर्नुपर्ने, जुत्ता निसंक्रमण गर्नुपर्ने लगायतको व्यवस्था पनि गरिएको डा. पोखरेलले बताउनुभयो ।

यस्तै चिडियाखाना भित्र जनावरको नजिक जान, पार्कमा बसेर खान, वन्यजन्तुलाई खुवाउन र छुन पाइने छैन भने बालबालिकालाई खेलाउन नपाइने नियम समेत बनाइएको छ । 

चिडियाखाना अवलोकन गर्न आउनेहरु पनि लामो समयपछि चिडियाखाना भित्र घुम्न पाउँदा खुशि लागेको बताएका छन् । पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरि जनावरहरुको अवलोकन गर्न पाउने व्यवस्था गरिएकाले असुरक्षा महसुस नभएको पनि उनीहरुले बताए । 

नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णय पछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी बिहीबारदेखि चिडियाखाना खुल्ला गरिएको हो । चिडियाखना अवलोकनका लागि घरबाटै टिकट खरिद गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

काउन्टरबाट टिकट खरिद गर्दा समेत अनलाइन टिकट प्राप्त हुने छ । चिडियाखानामा अवलोकन गर्नका लागि १ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ भने नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);