ओली-प्रचण्डबीच भेटवार्ता : भोलि एकता संयोजन समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

ओली-प्रचण्डबीच भेटवार्ता : भोलि एकता संयोजन समितिको बैठक

oli parachanda

काठमाडौं, ३ चैत । पार्टी एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एक्ला एक्लै वार्ता भएको छ ।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मंगलबार बिहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ । दुबै नेतहरुबीच एकतामा देखिएका विवादबारे छलफल भएपनि कुनै सहमति हुननसकेको जनाइएको छ ।

खासगरी एकीकृत पार्टीमा दुई दलको प्रतिनिधित्वको अनुपात, निर्वाचन चिन्ह र विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने की नराख्ने भन्ने विषयमा दुई दलबीच विवाद देखिएकोछ । यसअघि यी विषयमा कार्यदल स्तरमा सहमति नजुटेपछि शीर्ष नेतालाई सहमति गर्ने जिम्मेवारी दिइएको थियो ।

तर, विवादित विषयमा ओली र दाहालबीच छलफल नै हुन सकेको थिएन । एमाले र माओवादीले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते पार्टी एकता गर्ने घोषणा गरेका छन् ।

दुवै दलले अधिकांश बिषयमा सहमति बनिसकेको दाबी गरेपनि नेताहरुको व्यवस्थापन, निर्वाचन चिन्ह र जनयुद्ध शव्दमा कुरा नमिल्दा पछिल्लो समय एकता संयोजन समितिको बैठक नै बस्न सकेको थिएन ।

नेकपा एमालेले एकिकृत पार्टीको केन्द्रिय कमिटीमा २ सय ९९ जनामा निर्वाचनका बेला जस्तै माओवादीका तर्फबाट ३० प्रतिशत केन्द्रिय सदस्य राख्न सकिने बताउँदै आएको छ भने माओवादी केन्द्रले आधा–आधा हुनुपर्ने अडान राख्दै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);