राष्ट्रिय सभा सदस्यमा खतिवडा, बिडारी र पौडेलको नाम सिफारिश | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

काठमाडौं, ८ फागुन । मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यमा नियुक्त सम्वन्धि अघिल्लो सरकारको निर्णय उल्टाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थशास्त्री डा. युवराज खतिवडा, कानूनविद् रामनारायण बिंडारी र अर्थविद् विमला पौडेल राईको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको छ ।

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभामा सिफारिस गरेको थियो । ओली सरकारले उनीहरुको नाम रद्द गरी नयाँ ३ जनाको नाम सिफारिस गरेको हो ।

ताजा समाचार