कांग्रेस सरकारलाई राष्ट्रपतिले फरक दृष्टिले हेरेको प्रवक्ता शर्माकाे अाराेप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

कांग्रेस सरकारलाई राष्ट्रपतिले फरक दृष्टिले हेरेको प्रवक्ता शर्माकाे अाराेप

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारले राष्ट्रियसभा सदस्यमा गरेको सिफारिस स्विकृत गरेकोप्रति आपत्ती जनाएको छ ।

आज पत्रकार सम्मेलन गरि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति भण्डारीले नयाँ सरकारले राष्ट्रियसभा सदस्यमा गरेको सिफारिस स्विकृत गरेको प्रति आपत्ती जनाएका हुन् ।

उनले तत्कालिन कांग्रेस नेतृत्वको सरकारलाई राष्ट्रपतिले फरक दृष्टिले हेरेको समेत टिप्पणी गरेका छन् । तत्कालिन कांग्रेस नेतृत्वको सरकारले गरेको निर्णय नयाँ सरकारले उल्टाएपछि कांग्रेले विरोध जनाएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा. युवराज खतिवडा, रामनारायण बिडारी  र डा. विमला पौडेललाई आज राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी छन् ।

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभामा सिफारिस गरेको थियो । ओली सरकारले उनीहरुको नाम रद्द गरी नयाँ ३ जनाको नाम सिफारिस गरेको हो ।

ओली सरकारले सिफारिस गरेका ३ जनाको नाम राष्ट्रपतिले स्विकृत गरेपछि कांग्रेस आक्रोशित भएको हो । ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना चुनावबाट निर्वाचित भएका छन् भने तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

हरेक प्रदेशबाट ८-८ जनाको दरले ५६ जना निर्वाचित भइसके पनि ३ जना भने मंगलबार मात्र नियुक्त भएका छन् । याे संगै राष्ट्रियसभाले पूर्णता पाएकाे छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);