आज एमाले–माओवादी एकता, निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी आजै दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आज एमाले–माओवादी एकता, निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी आजै दर्ता

prachanda oli

काठमाडौँ, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अन्ततः आज पार्टी एकताको घोषणा गर्ने भएका छन ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादी पार्टी एकतको घोषणा गर्ने अन्तिम तयारी भएको छ । आज साँझ ५ बजे पत्रकार सम्मेलन मार्फत पार्टी एकताको घोषणा हुनेछ ।

आज विहान ७ बजे बल्खुमा रहेको मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा हुनेछ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा पार्टी एकीकरणमा सहमति जुटेसँगै पदीय भागवण्डा पनि मिलेको छ । नेताहरुले गरेको सहमति अनुसार भोलि नै एमाले–माओवादी विघटन गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता गरिने छ ।

पार्टीको चुनाव चिन्ह रहने विषयमा यस अघि नै सहमति भैसकेको छ । नेताहरुको बीचमा भएको सहमति अनुसारको भागवण्डामा केन्द्रीय कमिटीमा एमालेका २४१ र माओवादीका २०० जना सदस्य रहनेछन । त्यस्तै ४३ सदस्यीय स्थायी कमिटीमा एमालेबाट २५ र माओवादीबाट १८ जना सदस्य रहनेछन । काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अन्ततः आज पार्टी एकताको घोषणा गर्ने भएका छन । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादी पार्टी एकतको घोषणा गर्ने अन्तिम तयारी भएको छ । आज साँझ ५ बजे पत्रकार सम्मेलन मार्फत पार्टी एकताको घोषणा हुनेछ ।

आज विहान ७ बजे बल्खुमा रहेको मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा हुनेछ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा पार्टी एकीकरणमा सहमति जुटेसँगै पदीय भागवण्डा पनि मिलेको छ । नेताहरुले गरेको सहमति अनुसार भोलि नै एमाले–माओवादी विघटन गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता गरिने छ ।

पार्टीको चुनाव चिन्ह रहने विषयमा यस अघि नै सहमति भैसकेको छ । नेताहरुको बीचमा भएको सहमति अनुसारको भागवण्डामा केन्द्रीय कमिटीमा एमालेका २४१ र माओवादीका २०० जना सदस्य रहनेछन । त्यस्तै ४३ सदस्यीय स्थायी कमिटीमा एमालेबाट २५ र माओवादीबाट १८ जना सदस्य रहनेछन । आजको नेपाल समाचारपत्रमा खवर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);