मुलुकव्यापी रुपमा बन्दाबन्दी गर्ने पक्षमा सरकार छैन : सञ्चारमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

मुलुकव्यापी रुपमा बन्दाबन्दी गर्ने पक्षमा सरकार छैन : सञ्चारमन्त्री खतिवडा

cabinet-dr khatiwada

काठमाडौं, २२ साउन । सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने स्पष्ट गरेको छ । बिहीबार मन्त्रिपरिषिद बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ एबं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट बन्दाबन्दी गर्न सकिने स्पष्ट गर्नुभएको हो ।

मन्त्री खतिवडाले गत चैत ११ देखिको जस्तो बन्दाबन्दी गर्ने पक्षमा सरकार नरहेको स्पष्ट गर्नु भएको छ । उहाँले कोरोना संक्रमण बढेको क्षेत्रमा जिल्ला प्रशासन कार्यलयमार्फत बन्दाबन्दी जारी हुनसक्ने बताउनु भयो ।

मन्त्री खतिवडाले अहिले बढेको संक्रमणको जोखिमका कारण सार्वजनिक बस खोल्ने, विद्यालय खोल्ने, विमानस्थल खोल्ने अवस्था नरहेको बताउनु भयो त्यस्तै विदेशमा अलपत्र भएर ल्याउनैपर्ने अवस्था भएकोलाई ल्याउने र अरुलाई अवस्था सहज भएपछि नेपाल फर्काउने तयारी रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);