अझै भेटिएनन बुबालाई दागबत्ति दिएर फर्किएका विवश ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अझै भेटिएनन बुबालाई दागबत्ति दिएर फर्किएका विवश !

चितवन,१८ चैत्र । शुक्रबार बिहान इच्छा गाउपालिका वार्ड नम्बर–छ को पृथ्बी राजमार्गमा आफ्ना परिवारका सदस्यको काठमाडौंमा दाहसंस्कार गरी फर्किँदै गरेको कै ट्याक्सीमा एकै परिवारका ६ जना थिए । सोही ट्याक्सी त्रिशुलीमा खस्न पुग्यो ।

क्यान्सर रोगले मृत्यु भएका शंकर रोकाको दाहसंस्कार गरेर फर्किने क्रममा परिवारजन चढेको ट्याक्सी त्रिशुलीमा खसेको हो । शंकरकी आमा जुनमाया रोका, जुनमायाकी जेठी छोरी हरिमाया उपरकोटी र कान्छी छोरी अञ्जना रोका थिए । त्यसैगरी हरिमायाको छोरा आगमन र हिजो दाहसंस्कार गरेका शंकरका छोरा विवश पनि थिए ।

हिजो बुबालाई दागबत्ति दिएर फर्किएका १८ वर्षीय विवश अहिलेसम्म त्रिशुली नदीमा नै हराइरहेका छन् । ट्याक्सी चालक अर्जुन श्रीमल भने जुनमाया रोकाको माइलो ज्वाइँ हुन् । मृतकमध्ये जुनमायाको परिवार गोरखा नगरपालिकाको वडा नम्बर ४ मा बस्छन् । जुनमायाको श्रीमान पहिल्यै बितिसकेका छन् । हरिमायाको घर गोरखाकै ७ नम्बर वडा हो भने कान्छी छोरी अञ्जनाको घर गोरखाकै वडा न ४ हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);