बारामा निषेधाज्ञा तथा एक घर एक पीसीआर परीक्षणकाे माग | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

बारामा निषेधाज्ञा तथा एक घर एक पीसीआर परीक्षणकाे माग

bara nishedhyaga

बारा, १६ साउन । समुदाय स्तरबाट काेराेना संक्रमणकाे जाेखिम बढे पछि बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकामा निषाेधाज्ञा जारी गर्नुका साथै एक घर एक पीसीआर परीक्षणकाे माग गरिएकाे छ ।

जिल्लामा कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलेर उच्च जोखिम श्रीजना हुने देखिएकोले जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले निषेधाज्ञा जारी गर्न नेपाल सरकार र स्थानीय प्रशासनसँग माग गरेको हाे ।

सरोकार समितिको सिमरामा शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यस क्षेत्रमा रहेका उद्योगहरुले कोरोना परीक्षणबिना नै भारतबाट मजदुर ल्याएर उद्योग सञ्चालन गरेको र छिमेकी जिल्ला पर्सामा समेत निषेधाज्ञा जारी गरेको अवस्थामा त्यहाँ रहेका नागरिकहरु बाराका बजार तथा बैंक र वित्तीय संस्थाहरुमा कारोवार गर्न आउँदा यहाँ पनि संक्रमण फैलन सक्ने सम्भावना उच्च देखिएकाे समितिका संयाेजक मनाेज पाैडेलले बताउनुभयो ।

यस जिल्लामा निषेधाज्ञा जारी गरि एक घर एक पीसीआर परीक्षण गर्नका लागि नेपाल सरकार, स्थानीय प्रशासन र स्थानीय तहसँग जोडदार माग गर्ने निर्णय गरिएकाे संयोजक पौडेलले जानकारी दिए ।

त्यसका साथै बैठकले सिङ्गो बारा जिल्लामा आइसियु र भेन्टिलेटरसहितको अस्पताल नभएको अवस्थामा सिमरा , पथलैयामा आइसियु सहितको सुविधा सम्पन्न कोरोना संक्रमितको उपचार हुने गरी तत्काल अस्पताल सञ्चालनमा ल्याउन माग गरिएको उहाँले बताउनुभयो ।

सरोकार समितिका संयोजक मनोज पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा छबिलाल शर्मा, कर्ण थापा, नारायण घिमिरे, राजु राज गिरी, रमेश सापकोटा, पेसल मुल्मी लगायतको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);