जलविद्युत आयोजनामा पहिरो, मानव वस्ती जोखिममा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जलविद्युत आयोजनामा पहिरो, मानव वस्ती जोखिममा

jalbidhyut pahiro

सिन्धुपाल्चोक, १६ साउन । नेशनल हाइड्रो पावरद्धारा प्रवर्दित इन्द्रावती तेश्रो जलविद्युत आयोजनाको ड्याम साइडमा गएको पहिरोको कारण आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङपाल ८ तिपेनीमा रहेको ७ दशमलव ५ मेगावाट उत्पादन क्षमता भएको आयोजनाको ड्याममा बिहीबार राती २ बजे तिर पहिरो खसेको थियो ।

पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य गेट, फ्लसिङ सिस्टम तथा पोखरीलाई पुर्ण रुपमा क्षति पु¥याएको छ । पहिरोले तिपेनी बजार तथा पहिरो माथिको मानव वस्ती जोखिममा परेको छ । निरन्तरको वर्षा तथा पाँच पोखरी पर्यटन मार्गको निर्माण तथा विस्तारको कारण उक्त क्षेत्रमा यस अघि पनि पहिरो खस्दै आएको थियो ।

पहिरोले सवारी साधन तथा मानिसहरुको आवतजावत समेत बन्द भएको छ । उक्त स्थानमा बैकल्पिक बाटो समेत नहुँदा सयौँ मानिस बाटोमै अलपत्र परेका छन् । उनिहरुको उद्धार तथा अवरुद्ध बाटो खुलाउने तयारी भईरहेको थाङपाल गाउँपालिकाले जनाएको छ ।

jalbidhyut pahiro1

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);