थप २ सय २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार ७७१ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

थप २ सय २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार ७७१ पुग्यो

corona-test

काठमाडौं, १६ साउन । शुक्रबार नेपालमा २ सय २४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार १९ हजार ७ सय ७१ पुगेको छ ।

सरकारले उपत्यका छिर्ने विभिन्न नाकाहरुमा समेत परीक्षण गरिएको छ । साँगा फर्पिङ र थानकोट गरी १० हजार २ सय ५ जनाको संकलन गरी परीक्षण गरिएको छ । अहिलेसम्म ३ हजार ७ सय १३ जना रिपोर्ट आएकोमा २५ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।

अहिले देशभरीका आइसोलेसनमा ५ हजार ३ सय १६ जना रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा २ सय २२, प्रदेश नम्बर २ मा २ हजार ३४, बागमती प्रदेशमा ५ सय ७२ र गण्डकी प्रदेशमा ३ सय २४ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८५, कर्णाली प्रदेशमा २ सय ९६ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ८३ जना उपचाररत रहेका प्रवक्ता डा. गौतमले बताउनुभयो ।

शुक्रबार १ सय ५१ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा ८ सय ३१, प्रदेश नम्बर २ मा ३ हजार १ सय १, बागमती प्रदेशमा ५ सय २६ र गण्डकी प्रदेशमा १ हजार २ सय ४४ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ७१, कर्णाली प्रदेशमा १ हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ८ जना डिस्चार्ज भएका छन् ।

अहिले देशभरीका क्वारेन्टीनमा १२ हजार १ सय ११ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ७७, प्रदेश नम्बर २ मा १ हजार ७ सय ३१, बागमती प्रदेशमा ९ सय १६ र गण्डकी प्रदेशमा ३ हजार १ सय ६५ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ६ सय ७४, कर्णाली प्रदेशमा ४ सय ९४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ५४ जना रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);