लोभलाग्दो जापानी निजामती सेवा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

लोभलाग्दो जापानी निजामती सेवा

japan vasa

काठमाडौं, २२ साउन । विकास, प्रविधि, उद्योग, व्यापार र सामाजिक संस्कृतिका कारण बाँकी विश्वका लागि जापान छुट्टै पहिचान हो । जापानी शासनप्रणाली पनि निष्ठा, वैधता र नैतिकताको उदाहरण हो । यी सबै विषयवस्तुको पृष्ठभूमिमा त्यहाँको निजामती सेवाको स्तरीयता, कार्यदक्षता, व्यावसायिकता र कार्यसंस्कृति छिपेर रहेको छ ।

व्यावसायिक निजामती सेवाका महŒवपूर्ण योगदानकै कारण आजको जापान बनेको हो । कुनै पनि मुलुकको विकास र शासनको स्तर त्यहाँको निजामती सेवाले अनुमति दिएभन्दा भिन्न हँुदैन भन्ने भनाइ चरितार्थ त्यहाँको निजामती सेवाले गरेको छ । आर्जित व्यावसायिकता र निष्ठाले जापानको शासन प्रणालीलगायत समाजको सबै अङ्गबाट त्यहाँको निजामती सेवा सर्वत्र प्रशंसित छ । गरेको जस्तो देखाउन होइन गर्न नै सधैँ समर्पित हुनु यसको वैशिष्ट्य हो ।

जापानको निजामती सेवा प्रभावकारी बन्नुमा केही कारकहरू जिम्मेवार छन् । पहिलो निजामती सेवाप्रति सरकारको अत्यन्त विश्वास र आदरभाव छ । प्रधानमन्त्री कोइजुमीले जापान पोस्ट (त्यहाँको हुलाक सेवा) सुधारमा ल्याएको प्रस्तावमा मुख्य सचिव होसोदा नै उहाँका सबैभन्दा विश्वास पात्र हुनुहुन्थ्यो । मन्त्रिमण्डलका धेरै सदस्यले सहयोग नगर्दा पनि होसोदाको साथमा सन् २००४ मा जापान पोस्टको चरणबद्ध निजीकरण एजेण्डा अघि सारिएको थियो ।

त्यसैले निजामती सेवालाई ‘किन्सास मिन्पी’ (इमानदारहरूको समूह) मानिन्छ । अनुभवले खारिएका इमानदारहरूको समूह भएकाले निजामती कर्मचारी नै राजनीतिक कार्यकारीको व्यावसायिक सल्लाहकार हो । दोस्रो, उत्कृष्ट विश्वविद्यालयका स्नातकहरूलाई नै वृत्ति सेवामा आकर्षण गरिन्छ । उम्दा प्रतिभाको पहिलो वृत्तिरोजाइ निजामती सेवा हो । विश्वविद्यालय औपचारिक अनुष्ठान मात्र नभई ज्ञान, सीप र संस्कारका केन्द्र हुन् ।

विश्वविद्यालयमा ज्ञान, सीप र संस्कार लिएपछि त्यसलाई कार्यस्थलमा वृत्तिसेवासाथ राष्ट्रसेवामा उन्नयन गर्ने ऊर्जा विकास हुन्छ । तेस्रो, राजनीतिक इच्छाशक्ति प्रशासनलाई सशक्तीकरण गर्न केन्द्रित छ । उसै त कार्यनिष्ठ समूह सशक्तीकृत भएपछि स्वचालित कार्यप्रणाली अरू स्वायत्त रहने नै भयो । चौथौ, निजामती सेवाप्रति ‘मिनिस्ट्रेरियल कन्ट्रोल’ त छ तर एकदमै सीमित । त्यहाँको अस्थिर राजनीतिले पनि मिनिस्टेरियल कन्ट्रोलको सीमितता माग गर्नपुग्यो । परिणामतः निजामती सेवा कार्यप्रतिबद्ध भइकन त्यही मात्रामा तटस्थ रहन सम्भव देखियो । पाँचाँै, सबैजसो ऐनकानुनको मस्यौदा निजामती कर्मचारीले नै गर्दै आएका छन् । संयुक्तराज्य अमेरिकालगायतका मुलुकमा निर्वाचित जनप्रतिनिधिबाटै यसको थालनी हुन्छ, विज्ञताले भूमिका माग्छ भन्ने मान्यता यहाँ पुष्टि भएको छ ।

छैटौँ, दोस्रो विश्वयुद्धपछि राज्य व्यवस्थापनका सबैजसो काम निजामती कर्मचारीले नै गर्दै आएका छन् । जवाफदेहिताको स्वचालित प्रक्रिया, व्यावसायिक निजामती सेवा र नियन्त्रण सन्तुलनको दह्रो प्रणालीका कारण यो कार्य सम्भव र वैध पनि छ । सापेक्षिक रूपमा निजामती सेवा ठूलो छ, तैपनि स्वीकार्य अनि प्रिय छ । यस शताब्दीको प्रारम्भतिर केन्द्रीय, स्थानीय र संवैधानिक संरचनामा गरी ५५ लाख जति कर्मचारी थिए । जनता कर्मचारी सम्बन्ध औधि राम्रो छ । कर्मचारीको काममा जनताको साथ छ, जनताको भावनाप्रति कर्मचारी संवेदनशील छन् । मेजी शासन अवधि (सन् १८६८) बाट सुरु भएको आधुनिक जापानी निजामती सेवाले थुप्रै आर्जित व्यावसायिकता र स्वायत्तता आफूमा भिœयाएको छ । समयक्रमसँगै परिमार्जित र नवप्रवर्र्तित पनि हुँदै गएको छ । त्यसैले यसको साख उच्च छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);