आज निजामती दिवस, सरकारले भेटेन सर्वोत्कृष्ट निजामती कर्मचारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज निजामती दिवस, सरकारले भेटेन सर्वोत्कृष्ट निजामती कर्मचारी

काठमाडौं । आज मंगलबार निजामती कर्मचारी दिवस मनाउँदैछ । तर, सरकारले यो पटक पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटेन ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले ४० जनालाई निजामती पुरस्कृत गर्ने घोषणा गरे पनि सर्वोत्कृष्ट कर्मचारीको नाम उल्लेख छैन ।

निजामती कर्मचारी दिवसका अवसरमा १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ । उत्कृष्ट कर्मचारीको पुरस्कार राशी एक लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँको रहेको छ ।

सरकारले हरेक वर्ष २२ भदौमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । निजामती सेवा नियमावली २०५० अनुसार निजामती सेवा पुरस्कारको व्यवस्था गरिएको छ । सर्वाेत्कृष्टलाई दुई लाख रुपैयाँको पुरस्कार राशी भए पनि छनोट समितिले सर्वाेत्कृष्ट कर्मचारी नै सिफारिस गरेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);