वाजपेयीको राजकिय सम्मानका साथ अन्त्येष्टी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

वाजपेयीको राजकिय सम्मानका साथ अन्त्येष्टी

एजेन्सी, १ भदौ । भारतका पूर्वप्रधानमन्त्री अटल विहारी वाजपेयीको राजकिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । भारतीय जनता पार्टीका संस्थापक तथा तीनपटकसम्म भारतको प्रधानमन्त्री बनेका बाजपेयीको ९३ वर्षको उमेरमा बिहिबार निधन भएको थियो ।

भारतीय पूर्वप्रधानमन्त्री बाजपेयीको पार्थिव शरिरमा राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रिय झण्डा ओढाएर अन्त्यष्टी गरिएको छ । उपराष्ट्रपती भेन्चाय नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह लगायतले स्मृतिस्थल पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

भारतको मध्येप्रदेश ग्वालियर भन्ने स्थानमा पिता कृष्ण विहारी वाजपेयी र आमा कुष्ट देवीको कोखमा सन् १९२४ मा जन्मिएका वाजपेयी सन् १९९८ देखि २००४ सम्म भारतको प्रधानमन्त्री भएका थिए ।

सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री वने पनि लोकसभामा वहुमत नपुगेका कारण प्रधानमन्त्रीको कुर्सी छोड्नु परेका थियो । सन् १९९८ मा विपक्षी दलका नेता वनेका पाजपेयी सन् १९९८ को आमचुनावमा विजय प्राप्तगरी पुनः प्रधानमन्त्री बनेका थिए ।

त्यसवेला आफ्नै गठवन्धनको धोकाबाट सदनमा १ भोटकम भएर प्रानमन्त्रीबाट हटेका वाजपेयी सन् १९९९ मा पुन राष्ट्रिय जनतान्त्रिक पाटीसँग गठबन्धन चुनावमा होमिएर वहुमत सहित भारतको प्रधानमन्त्री बनेका थिए । अन्तिमपटक प्रधानमन्त्रीको वागडोर सम्हाल्न पुगेका बाजपेयीले पाँच वर्षको पुरा कार्यकाल सम्हालेका थिए ।

भारतलाई परमाणु शक्ति सम्पन्न देश घोषणा, पाकिस्तानसँग बिग्रिएको सम्बन्ध सुधार, दिल्ली, कलकत्ता, मुम्वई जोड्ने सडक संजाल निर्माण, सुचना प्रवृधिको विकास, गरिवी न्यूनीकरसहितका जनमुखी काम गरेका कारण आजपनि भारतमा बाजपेयीलाई सम्मानपूर्वक हेरिने गरिन्छ ।

राजनैतिक जिवनमा धेरै सफलताहरु हात पारेका बाजपेयी आफ्नो राजनीतिक यात्रामा कहिल्यै विचलन नआएका कर्मठ राजनीतिकका रुपमा चिनिन्छन् । सन् १९५५ मा लोकसभाका चुनावमा पराजित भएका वाजपेयीले सन् १९५७ मा चुनाव जित्न सफल भएका थिए ।

सानै उमेर देखि राजनीति शुरु गरेपनि सन् १९५१ मा पहिलो पटक भारतीय जनसंघ संस्थापक सदस्यको रुपमा प्रवेश गरेका थिए । सन् १९५७ मा लोकसभा सदस्यमा नियुक्त हुँदै राज्यसभा सदस्यमा निर्वाचित भएका बाजपेयी सन् १९८० मा भारतीय जनता पाटीको राष्ट्रिय अध्यक्ष बन्न सफल भएका थिए ।

लगातार राजनीतिको केन्द्रमा रहन सफल भएका बाजपेयी भारतको सर्बोत्कृष्ट पुरस्कार ‘भारत रत्न’बाट समेत विभुषित भएका थिए । सर्वाेकृष्ट भारत रत्नबाहेक लोकरत्न तिलक, लगायतका अन्य महत्वपूर्ण पुरस्कारबाट समेत सम्मानित भएका थिए । नेपालसँग अत्यन्त नजिकको सम्बन्ध भएका भारतीय नेता बाजपेयी अविवाहित जीवन व्यतित गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);