भारत सरकारले स्वास्थ्य बिमा योजना घोषणा गर्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारत सरकारले स्वास्थ्य बिमा योजना घोषणा गर्यो

india insurance

एजेन्सी, १९ माघ । भारत सरकारले स्वास्थ्य उपचारमा पहुँच नभएका दशौं लाख जनतालाई लक्षित गर्दै महत्वाकांक्षी स्वास्थ्य बिमा योजना घोषणा गरेको छ ।भारतले आगामी वर्षमा हुने आम निर्वाचनअघि ल्याइएको बिमा योजना वार्षिक बजेटमार्फत घोषणा गरेको हो । वित्तमन्त्री अरुण जेट्लीले पेश गरेको बजेट अनुसार स्वास्थ्य बिमा योजनाले १० करोडभन्दा धेरै गरिब परिवारलाई समेट्नेछ भने प्रत्येक परिवारले वार्षिक पाँच लाख भारतीय रुपियाँ बराबरको औषधोपचार सुविधा प्राप्त गर्नेछन् । मन्त्री जेट्लीले देशव्यापी स्वास्थ्यको पहुँच पुर्याउने  लक्ष्यसहित बिमा योजना ल्याइएको बताए ।

बिमा योजना ग्रामीण भेगका मतदाताबीच लोकप्रिय हुने सरकारको आशा छ । उक्त स्वास्थ्य बिमा योजना संसारमै सबैभन्दा ठूलो योजना हुनसक्ने ठानिएको छ । हाल भारतले कूल गार्हस्थ उत्पादनको दुई प्रतिशत भन्दा कम रकम मात्र जनस्वास्थ्य उपचारमा खर्च गर्दै आएको छ । भारतका वित्तमन्त्री अरुण जेट्लीले पेश गरेको बजेटमा अर्बौं अमेरिकी डलर स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र ग्रामीण पूर्वाधार निर्माणका लागि छुट्याइएको छ । बजेट ग्रामीण किसान र ग्रामीण भेगमा बस्ने मानिसहरुको हितमा बढी लक्षित रहेको छ ।

तर वित्तमन्त्री जेट्लीले बजेटले अन्य क्षेत्रलाई पनि विशेष सहुलियत प्रदान गर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गरी थुप्रै रोजगारी सृजना गर्ने बताए । भारतले बजेटमार्फत विदेशी मोबाइल र टेलिभिजनको भन्सार शुल्क बढाएको छ । भन्सार शुल्क बढाउने निर्णयले एप्पल र गुगल जस्ता प्रविधिसम्बन्धी ठूला कम्पनीलाई घाटा भइ आफ्ना कम्पनीहरुलाई फाइदा पुग्ने भारत सरकारको आशा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);