ल्याटिन अमेरिकामा चीन र रूसको बढ्दो उपस्थितिले खतराको संकेत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ल्याटिन अमेरिकामा चीन र रूसको बढ्दो उपस्थितिले खतराको संकेत

tilson

एजेन्सी, १९ माघ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ल्याटिन अमेरिकामा चीन र रूसको बढ्दो उपस्थितिले खतराको संकेत गरिरहेको बताएका छन । अमेरिकी विदेशमन्त्री टिलर्सनले ल्याटिन अमेरिकाको पहिलो भ्रमणमा निस्कनुअघि चिनियाँ मोडलको लगानीले देशको जनशक्ति बाहिर गएको र त्यसले केवल चिनियाँ जनतालाई मात्र फाइदा पुगेको बताए ।

टेक्सास विश्वविद्यालयमा आफ्नो विदेश नीतिबारे भाषण दिँदै विदेशमन्त्री टिलर्सनले ल्याटिन अमेरिकालाई रूस वा चीनको साटो अमेरिकासँग काम गर्न पनि आह्वान गरे । उनले चीन र रूसले ल्याटिन अमेरिकामा उपस्थिति दह्रो बनाउँदै लगेको भन्दै बेइजिङले गर्दै आएको आर्थिक अभ्यास निष्पक्ष नभएको बताए । टिलर्सनले रूसले निरंकुश शासन भएका देशमा हतियारहरू बेचेको आरोप लगाउँदै उसको बढ्दो उपस्थिति खतराको सूचक भएको बताए । उनले अमेरिकाले भेनेजुएला र क्यूबामा प्रजातन्त्र पुर्नस्थापना गर्न तथा त्यहाँ स्वतन्त्र र निष्पक्ष चुनाव गराउन दबाब दिइरहने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);