उत्तर कोरिया तनाब हटाउने प्रयासमा अमेरिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, ३० असोज । अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियासँगको मतभेद कूटनीतिक माध्यमबाट समाधान गर्न चाहेको बीबीसीले जनाएको छ।

अन्तिम अवस्था नआएसम्म उत्तर कोरिया संकट समाधानका लागि कूटनीतिक उपाय नै खोजिरहने उनले सिएनएनसँगको अन्तर्वार्तामा बताए।

उनले प्रतिबन्धहरु र कूटनीतिको बलले उत्तर कोरियाको परमाणु लक्ष्यविरुद्ध यसअघि कहिल्यै नल्याएको अन्तर्राष्ट्रिय एकता ल्याएको बताए।

टिलरसनले ट्रम्प र आफू दुवैले उत्तर कोरियाको परमाणु कार्यक्रमबारेको संकटलाई शान्तिपूर्ण ढंगबाट समाधान गर्न चाहेको बताएका हुन्।

दुई साता अघि ट्रम्पले टिलरसनलाई उत्तर कोरियाका नेतासँग वार्ता गर्न खोजेर आफ्नो समय खेर नफाल्न भनेका थिए।

आइतबारको अन्तर्वार्तामा टिलरसनले उत्तर कोरियाबारे राष्ट्रपति ट्रम्पसँग उनको मतभेद रहेको भन्ने कुरा उजागर गरेनन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);