विश्वकै कान्छा नेता बन्दै जेबास्टियन कुर्ट्स | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

एजेन्सी, ३० असोज । आइतबारको आम चुनावको जितपछि अष्ट्रियाको कन्जरभेटिभ पिपल्स पार्टीका प्रमुख जेबास्टियन कुर्ट्स विश्वकै सबैभन्दा कान्छा नेता हुन लागेका बीबीसीले जनाएको छ ।

३१ वर्षीय कुर्ट्सको पार्टीले बहुमत नल्याए पनि अब नयाँ गठबन्धनको सरकार बनाउनका लागि बलियो स्थान छ।

कुर्ट्सले नेतृत्व गरेको अष्ट्रियाको कन्जरभेटिभ पिपल्स पार्टीले देशको आम चुनाव जित्न लागेको मत सर्वेक्षणहरुले देखाएका छन् ।

पूर्व विदेशमन्त्री रहेका कुर्ट्सले शिथिल भइसकेको कन्जरभेटिभ पिपल्स पार्टीको नेतृत्व गत मे महिनामा सम्हालेपछि त्यसलाई पूनर्जीवन दिएका थिए।

उनले आप्रवासनप्रति कडा नीति लिने बाचा गरेका थिए।

चुनावमा बलियो मतसहित तेस्रो भएको आप्रवासन नीति विरोधी फ्रिडम पार्टीसँग गठबन्धन गर्लान् कि नगर्लान् भन्ने स्पष्ट भइसकेको छैन।