उत्तर कोरियासँग वार्तागर्नु समयको बर्बादी मात्रै : ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

वाशिंगटन,१६ असोज । उत्तरकोरियासँग परमाणु परीक्षण रोक्ने विषयमा वार्ता गर्नु समय बर्बादी मात्रै रहेको वार्तामा संलग्न विदेशमन्त्री रेक्सलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। प्योगयाग र वाशिगटनबीच छलफल भइरहेको खबर बाहिर आएसँगै ट्रम्पले ट्वीट गरे ‘ आफ्नो उर्जा बचाउनु रेक्स, यसबीचमा हामीले जे गर्न जरुरी छ त्यो गर्छौं।

रेक्स टिलरसनले उत्तर कोरियासँगको वार्तालाई लिएर शनिवार बयान दिएका थिए । उनले भने ‘दुई देशबीच प्रत्यक्ष संवाद भइरहेको छ ।’ किम जोङ योङ प्रशासनले यस विषयमा निकै कम चासो दिएको उनले बताए। अहिले यी दुई देशबीच एकअर्का विरुद्ध आलोचना गर्ने प्रवृत्ति जारी छ।

अमेरिका चाहन्छ उत्तर कोरियाले आफ्नो सम्पूर्ण हतियार कार्यक्रम बन्द गरोस् तर उत्तर कोरियाले निरन्तर मिसाइल परीक्षण गरिरहेको छ । यस बाहेक उत्तर कोरियाले छोटो प्रकृतिको हाइड्रोजन बम समेत परीक्षण गरेको बताइएको छ ।

उत्तर कोरियाका अनुसार उक्त हाइड्रोजन बम लामो दुरीको क्षेप्यास्त्रमा समेत जडान गर्न सकिनेछ । आइतवार डोनाल्ड ट्रम्पले किम जोङलाई लक्षित गर्दै भने ‘ मैले विदेशमन्त्री रेक्सलाई भनेको छु , लिटिल रकेटम्यानसँग वार्ता गर्नु भनेको समयको बर्बाद मात्रै हो ।

ट्रम्पले किम जोङलाई सानो रकेट लिएको एक व्यक्तिका रुपमा चिनाउँछन् । तर ट्रम्पले ‘हामीले जे गर्न सक्छौं त्यो गर्छौं’ भनेको आशय भने प्रष्ट भएको छैन् ।

ट्रम्पको यस कुरालाई एक सिनियर अमेरिकी अधिकारीले स्पष्ट पार्दै रोयटयर्सले जनाएको छ ‘उत्तर कोरियाले अहिले निकै तनाव पैदा गरिरहेको छ, राष्ट्रपति ट्रम्पलाई यो लाग्दैन कि उत्तर कोरियासँग यस अवस्थामा वार्ता गर्न सम्भव छ । ’