मन्दिरमा तीर्थालुहरुबीच भागदौड हुँदा ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मन्दिरमा तीर्थालुहरुबीच भागदौड हुँदा ४ जनाको मृत्यु

bharawt andolan

एजेन्सी, ६ भदौ । भारतको पश्चिम बंगाल राज्यस्थित एक मन्दिरमा तीर्थालुहरुबीच भागदौड मच्चिदा चार जनाको मृत्यु भएको छ । शुक्रबार कृष्णजन्माष्टमीको अवसरमा पूजा गर्न पुगेका तीर्थालुबीच भागदौड मच्चिएको हो । भागदौडका क्रममा अरु दर्जनौं घाइते भएका छन् । उत्तरी पारागन जिल्लामा रहेको भगवान श्रीकृष्णको मन्दिर ‘काछु’ मन्दिरमा भएको भागदौडमा ती व्यक्तिको ज्यान गएको हो ।

उक्त मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किएपछि पूजा आराधनाका लागि ठूलो संख्यामा उपस्थित ती तीर्थालुबीच भागदौड मच्चिएको भारतीय प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । भारतमा हिन्दू धर्मावलम्बीहरु विभिन्न तीर्थस्थलमा भीड लाग्ने र भागदौडबाट कैयौँ नागरिकको ज्यान जाने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);