मन्दिरमा भजन गाउँदै गर्दा स्टेज भत्किँयो,१७ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

मन्दिरमा भजन गाउँदै गर्दा स्टेज भत्किँयो,१७ जना घाइते

एजेन्सी,१५ माघ । भारतको कालकाजी मन्दिरमा शनिबार राति ठूलो दुर्घटना भएको छ । गत माघ २७–२८ मध्यरातमा महन्त परिसरमा रहेको माता जागरणमा काठ र फलामको फ्रेम भत्किँदा १७ जना घाइते भएका थिए । त्यहाँ एक जनाको मृत्यु भएको छ ।

गायक बी प्राक जागरणको क्रममा भजन गाउँदै थिए भन्ने बताइएको छ । यसैबीच स्टेज भत्कियो र भागदौड मच्चियो, जसमा एक जनाको मृत्यु भयो । सोही क्रममा दुर्घटनामा १७ जना घाइते भएका छन् । कार्यक्रम आयोजना गर्न अनुमति नदिएको प्रहरीले जनाएको छ ।

कालकाजी मन्दिरमा हिजो २३औँ वार्षिक जागरण भएको मन्दिरका पुजारी सुनिल सन्नीले बताए । यसमा बी प्राक र सुनिल मित्तल जस्ता ठूला गायक आएका थिए । यस क्रममा ठूलो संख्यामा भक्तजनहरु पनि आएका थिए । बी प्राक आइपुग्दा भागदौड जस्तो अवस्था सिर्जना भयो ।

मन्दिर परिसरको छेउमा एउटा मञ्च थियो र त्यहाँ धेरै मानिस जम्मा भएकाले त्यो भत्किएको पुजारीले बताए । कालकाजी मन्दिर प्रशासन, प्रहरी र स्वयंसेवकले स्थितिलाई नियन्त्रणमा लिएर ठूलो मात्रामा क्षति कम गरेको थियो । मुख्य प्लेटफर्म भत्किएको छैन। भक्तजन बस्नका लागि निर्माण गरिएको मञ्च भत्किएको छ ।

कार्यक्रममा करिब ३० देखि ५० हजार भक्तजनहरुको उपस्थिति रहेको थियो । तर, शान्ति सुरक्षा कायम राख्न पर्याप्त जनशक्ति तैनाथ गरिएको थियो । अन्य सबै घाईतेहरुको अवस्था स्थिर रहेको छ भने केहीको भाँचिएको छ । प्रहरीले उक्त घटनामा आयोजकविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);