म्यानमारमा जारी प्रदर्शनका पक्राउ परेका नेता म्याटलिनको हिरासतमा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

म्यानमारमा जारी प्रदर्शनका पक्राउ परेका नेता म्याटलिनको हिरासतमा मृत्यु

एजेन्सी , २६ फागुन । सैन्य ‘कू’ को विरोधमा म्यानमारमा जारी प्रदर्शनका क्रममा पक्राउ परेका सत्तारुढ दलका नेताको हिरासतमा मृत्यु भएको छ । आङसाङ सूकीको दल नेशनल लिग फर डेमोक्रेसी एनएलडीका नेता झा म्याटलिनको हिरासतमा मृत्यु भएको हो ।

याङगुनबाट पक्राउ परेको केही दिनमै उनको मृत्यु भएको र सुरक्षाकर्मीले अत्याधिक याताना दिएको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार विघटित संसदको माथिल्लो सदनका सांसद म्याटलिन हिरासतमा मारिने दोस्रो नेता हुन् ।

यसअघि, एनएलडीका अर्का नेता खिन मौन लाटको गत शनिबार सेनाले नियन्त्रणमा लिएपछि हिरासतमै मृत्यु भएको थियो ।

यसैबीच म्यानमारको सेनाले यांगुनस्थित एउटा अपार्टमेन्टमा ‘बन्धक’ बनाइएका प्रदर्शनकारीलाई सुरक्षित रिहा गरेको छ । संयुक्त राष्ट्रसंघ तथा पश्चिमी राष्ट्रको दबाबपछि म्यानमार सेनाले यांगुनस्थित एउटा अपार्टमेन्टमा ‘बन्धक’ बनाइएका करिब २ सय प्रदर्शनकारीलाई मंगलबार सुरक्षित रिहा गरेको हो ।

गत फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएपछि म्यानमारमा लगातार प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगका कारण अहिलेसम्म कम्तीमा ५५ जनाएको ज्यान गइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);