निर्मला हत्या काण्ड : दिलिपसिंह विष्ट २४ दिनपछि थुनामुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निर्मला हत्या काण्ड : दिलिपसिंह विष्ट २४ दिनपछि थुनामुक्त

nirmala

कञ्चनपुर, २६ भदौ । कञ्चनपुरमा १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिलिपसिंह बिस्ट अदालतको आदेशमा थुनामुक्त भएका छन् ।

प्रहरीले विष्टले नैं बलात्कार गरि हत्या गरेको भन्दै पक्राउ गरेको थियो । विष्टलाई जिल्ला अदालत कञ्चानपुरले यथेष्ट प्रमाण नभेटिएको भन्दै थुनामुक्त गरेको हो ।

सरकारी वकिलको कार्यालय कञ्चनपुरले अनुसन्धान गर्दा त्यस्तो केही प्रमाण नभेटिएको भन्दै उनलाई मंगलवार थुनामुक्त गरेको छ । हत्याको अभियोगमा पक्राउ परेका बिष्टलाई नेपाल प्रहरीले भदौ ४ गते पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो ।

उनको पक्राउको विषयलाई लिएर कञ्चनपुरवासीले निरन्तर विरोध तथा धर्नाको कार्यक्रम गर्दै आएका थिए । थुनामा राखेको २४ दिनपछि आरोपी बिष्टलाई निर्दोष सावित गर्दै मंगलवार रिहा गरिएको छ ।

विष्टसँगै आँचल भनिने रोशनी बम र अनिता बम पनि छुटेका छन् । जिल्ला अदालतले आँचललाई साधारण तारेखमा र अनितालाई ३० हजार धरौटीमा छाड्ने आदेश दिएको कञ्चनपुरका एसपी कुवेरसिंह कडायतले जानकारी दिए ।

निर्मला हत्या काण्डको छानवीन गर्न सरकारले केन्द्रिय स्तरबाटै छानबीन समिति गठन गरेको छ । छानबीन समितिले आफ्नो अनुसन्धान जारी राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);