नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा पुन: माओवादीमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा पुन: माओवादीमा प्रवेश

श्रावण २७, काठमाडौं । नयाँ शक्तिका नेता रामचन्द्र झा र रामकुमार शर्मा पुन: माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादीबाट अलग भएर डा. बाबुराम भट्टराईको संयोजकत्वमा नयाँ शक्ति दल खोलिएको थियो ।

 

रामचन्द्र झा र रामकुमार शर्मा पनि बाबुरामसँगै नयाँ शक्तिमा आबद्ध भएका थिए । पछिल्लो समयमा नयाँ शक्तिभित्र खटपट भएका कारण झा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । रामचन्द्र झा सहित केही नेता माओवादीमा प्रवेश गरेसँगै बाबुराम भट्टराईलाई ठूलो झड्का लागेको छ ।

 

पार्टी अध्यक्ष प्रचण्ड निवासमा शुक्रबार भएको छलफलपछि झा र शर्माले आफूहरु सम्पूर्ण रुपले माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता गर्दै पार्टी प्रवेश गरेका हुन् ।

 

पार्टी प्रवेशसँगै भएको छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने बताएका छन् ।

 

सो कार्यक्रममा अध्यक्ष प्रचण्ड, गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेतृ उर्मिला अर्यालको पनि सहभागीता रहेको थियो । माओवादी केन्द्रमा प्रवेश गरेसँगै नेता झा र शर्माले तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ मा माओवादी केन्द्रलाई शक्तिशाली बनाउन सम्पूर्ण रुपले आफूहरु समर्पित रहने बाचा गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);