जनकपुरमा कार्यक्रम गरेर झा र शर्मालाई भित्र्याउँदै माओवादी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं । नयाँ शक्ति पार्टीले सह–अध्यक्ष रामचन्द्र झा र नेता रामकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ। झा र शर्मा माओवादी केन्द्रमा फर्कने तयारी गरेपछि पार्टीले उनीहरुलाई निष्कासन गरेको हो। नयाँ शक्तिले बुधबार विज्ञप्ति जारी गर्दै झा र शर्मालाई निस्कासन गरिएको जनाएको छ।

 

स्रोतका अनुसार माओवादी केन्द्रले जनकपुरमा औपचारिक कार्यक्रम गरी झा र शर्मालाई भित्र्याउने कार्यक्रमा तय गरेको छ। माओवादी केन्द्रमा जाने निश्चित गर्नुअघि झाले एमाले नेताहरुसँग पनि कुराकानी गरेका थिए । एमालेभन्दा माओवादी केन्द्रसँगको वार्ता फलदायी भएपछि झा त्यतै पस्ने तयारी गरेका छन् । पछिल्लो समयमा नयाँ शक्तिका नेताहरुले पार्टी छाड्ने क्रम जारी छ।  आजको नागरिक दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);