कर्णाली प्रदेशमा दुई मन्त्रीद्वारा राजीनामा, नयाँ मन्त्री नियुक्तिका लागि तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कर्णाली प्रदेशमा दुई मन्त्रीद्वारा राजीनामा, नयाँ मन्त्री नियुक्तिका लागि तयारी

काठमाडौं। कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन्।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन्।

उनीहरु दुबै जना माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। माओवादी केन्द्रका एक नेताकाअनुसार रिक्त रहेको मन्त्रालयमा नयाँ मन्त्री नियुक्तिको तयारी भइरहेको बताए ।

प्रदेश सभा सदस्यहरु गोपाल शर्मा र विन्दमान विष्टलाई मन्त्री बनाउने मुख्यमन्त्री शाहीले तयारी गरेको उनको भनाई रहेको छ ।

बिष्टलाई आन्तरिक मामिला तथा शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने तयारी भइरहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);