खोप खरिदबारे छानबिन गर्न आयोग गठनको माग गर्दै दायर रिट सर्वोच्चद्वारा दरपीठ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

खोप खरिदबारे छानबिन गर्न आयोग गठनको माग गर्दै दायर रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं । कोरोना भाइरसविरुद्धको औषधि, खोप र स्वास्थ्य सामग्री खरिदबारे भएको अनियमितता छानबिन गर्न आयोग गठनको माग गर्दै दायर रिटलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

वरिष्ठ अधिवक्त सुरेन्द्र भण्डारीले कोरोनाविरुद्धको औषधि, खोप र स्वास्थ्य सामाग्री खरिदबारे छानबिन गर्न आयोग गठनका लागि रिट दायर गराएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका निकायलाई विपक्षी बनाई दायर गरिएको उक्त रिट सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीले दरपीठ गरिदिएका हुन् ।

छानबिन समिति गठन गर्ने विषय अदालतको अधिकार क्षेत्रमा नपर्ने भन्दै रजिस्ट्रार पन्थीले सो रिट दरपीठ गरिदिएका हुन् ।

वरिष्ठ अधिवक्ता भण्डारीले कोरोना नियन्त्रणसँग सम्बन्धित औषधि, खोप एवं स्वास्थ्य सामग्री खरिद र वितरणका क्रममा भएको कालोबजारी, कमिसन लेनदेन र भ्रष्टाचारका विषयमा छानबिन गर्न आयोग गठनका लागि रिट दिएका थिए ।

वरिष्ठ अधिवक्ता भण्डारीले उक्त दरपीठविरुद्ध समेत सर्वोच्चमा रिट दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);