कर्णाली प्रदेशका तीन जना मन्त्रीद्धारा संयुक्त रुपमा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

कर्णाली प्रदेशका तीन जना मन्त्रीद्धारा संयुक्त रुपमा राजीनामा

काठमाडौं, २३ चैत । कर्णाली प्रदेशका तीन जना मन्त्रीले संयुक्त रुपमा राजीनामा दिने भएका छन् । कर्णालीमा नेकपा एमालेको सरकार बनाउने तयारीका लागि राजीनामा दिन लागिएको एक मन्त्रीले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, हामी हाम्रै सरकार बनाउँछौ, माओवादीलाई किन सरकारको नेतृत्व गर्न दिने ।

आइतबार बसेको नेकपा एमालेको संसदीय दलको बैठकले मन्त्री पदबाट राजीनामा दिन माओवादी केन्द्रको सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएको थियो । हामी मङलबार बस्ने बैठक अगाडि राजीनामा दिन्छौ र संसदीय दलको बैठकमा गएर आगामी सरकारको बारेमा छलफल गर्छौ, एक मन्त्रीले भने ।

भोलि विहानसम्म मन्त्रालयले गरेका कार्यप्रगतिको विवरणसहित राजीनामा दिने मन्त्रीहरुको तयारी छ । माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा हुनुहुन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);