बर्दियामा आइतबार माउते मार्ने बाघ नियन्त्रणमा, हाल सम्म ५ वटा बाघ नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बर्दियामा आइतबार माउते मार्ने बाघ नियन्त्रणमा, हाल सम्म ५ वटा बाघ नियन्त्रणमा

बर्दिया, २३ चैत । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र आइतबार बेलुका गैँडा गणनामा खटिएका हात्तीका माहुतेलाई मार्ने पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिईसकेको छ । गैँडा गणना टोलीका माउते पुलिस राम चौधरीलाई आक्रमण गर्ने बाघलाई आइतबार नै नियन्त्रणमा लिइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले निकुञ्ज भित्र पर्ने गैँडा मचान क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

यो संगै बर्दियाबाट ५ वटा पाटेबाघ नियन्त्रणमा लिइएको छ ।नियन्त्रणमा लिइएका बाघहरुमध्ये एउटा बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्वारामा राखिएको छ अर्को बर्दिया निकुञ्जको रम्मापुर सेक्टरमा राखिएको छ । अर्को बाँके राष्ट्रिय निकुञ्जमा राखिएको पाटेबाघ खोरको सरिया बङ्गाएर भागेको छ भने एउटाको मृत्यु भएको र हिजो समातिएको बाघलाई सदर चिडियाखानामा लैजाने तयारी रहेको समेत श्रेष्ठले बताए।

गैँडा गणना गर्न गएको हात्तीका माहुते पुलिसराम चौधरीलाई आइतबार बेलुका बर्दिया राष्ट्रिय निकुञ्ज भित्र गैँडा मचान क्षेत्रमा पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो । यसअघि चैत ३ गते पनि यसै क्षेत्र आसपासमा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो । आइतबार बेलुका माउतेलाई पाटेबाघले आक्रमण गरेर ज्यान लिएलगत्तै राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले राति नै बाघलाई नियन्त्रणमा लिएको जनाएको छ ।

निकुञ्जको प्राविधिक टोलीले क्यामरा ट्रयापिङ गर्दा महिलालाई आक्रमण गर्ने र माहुतेलाई आक्रमण गर्ने पाटेबाघ यहि हुनसक्ने बताउँदै नियन्त्रणमा लिएको श्रेष्ठले जानकारी दिए। अन्दाजी १० वर्षको भाले पाटेबाघलाई राति नै टोलीले डार्ट गरि नियन्त्रणमा लिइएको हो । बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे र पशुचौपायालाई पाटेबाघले आक्रमण गरी ज्यानै लिने घटना बढ्दै गएको छ ।

नियन्त्रणमा लिइएको पाटेबाघले तीन हप्ताको अवधिमा २ जनालाई आक्रमण गरेको निकुञ्जको अनुमान छ । पाटेबाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविकमार्ग र राष्ट्रिय वन आसपासका क्षेत्रमा एक वर्षभित्र ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);