संविधान संशोधन विधेयक पारित हुँदैन : प्रदीप ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

संविधान संशोधन विधेयक पारित हुँदैन : प्रदीप ज्ञवाली

२७ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन विधेयक पारित नहुने दावी गर्नु भएको छ ।

 

सचिव ज्ञवालीले स्थानीय तहको निर्वाचनमा मधेशका जनतालाई आफ्नो पक्षमा पार्न सरकारले संविधान संशोधन विधेयक अघि बढाउने तयारी गरिरहेको आरोप पनि लगाउनु भयो ।

 

शुक्रबार सरकार र राष्ट्रिय जनता पार्टी, नेपालबीच संसदमा विचाराधिन संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने सहमति भएको छ ।
तर, प्रमुख प्रतिपक्ष एमालेका सचिव ज्ञवालीले भने विधेयक संसदमा निर्णयार्थ पेश भएपनि पारित नहुने दावी गर्नु भयो ।

 

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सरकारले संविधान संशोधन विधेयक निर्णयार्थ पेस गरे सत्तापक्ष र प्रतिपक्षबीचको दुरी झनै बढेर जाने चेतावनी पनि दिनु भयो ।

 

सचिव ज्ञवालीले राष्ट्रिय जनता पार्टी, नेपाललाई आसन्न निर्वांचनमा आउन पनि आग्रह गर्नु भयो । जनता निर्वाचनको पक्षमा रहेकाले राष्ट्रिय जनता पार्टी, नेपालले प्रदेश नम्बर २ को निर्वाचनमा भाग लिने उहाँको बुझाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);