संविधान संशोधन विधेयक पारित हुन्छ : महरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

संविधान संशोधन विधेयक पारित हुन्छ : महरा

Krishna-Bahadur-Mahara

काठमाडौं, २ भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन विधेयक पारित हुने दावी गरेका छन् ।  उपप्रधानमन्त्री महराले संविधान संशोधन विधेयक पारित गराउन प्रमुख प्रतिपक्ष एमालेले समेत सहयोग गर्नेमा सरकार आशावादी रहेको बताए ।

 

शुक्रबार जनकपुर विमानस्थलमा संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान संशोधन विधेयक पारित गराउन सरकार लागि परेको स्पष्ट पारे । आगामी सोमबार संसदमा संविधान संशोधन विधेयक निर्णयार्थ पेश हुँदैछ ।

 

उपप्रधानमन्त्री महराले आगामी असोज २ गते तेस्रो चरणको निर्वाचन हुनेमा शंका नगर्न पनि आग्रह गरे । मन्त्री महराले मंसीर पहिलो साता भित्र प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गराउने गरी सरकारले तयारी गरिरहेको जानकारी दिए ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);