वाढी पीडितलाई प्रति व्यक्ति दैनिक ७० रुपैयाँ दिने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

वाढी पीडितलाई प्रति व्यक्ति दैनिक ७० रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौँ, २ भदौ । सरकारले वाढी पीडितहरुलाई प्रति व्यक्ति दैनिक ७० रुपैयाँ दिने निर्णय गरेको छ । आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले पीडितलाई प्रति व्यक्ति दैनिक ७० रुपैयाँ दिने निर्णय भएको जानकारी गराए ।

 

वाढी पीडितले पसलमा गएर दैनिक उपभोग्य सामान आफै खरिद गरि खान सकुन भनेर यस्तो व्यवस्था गरिएको उनले बताए । सो सुविधा जम्मा ३० दिन सम्ममात्र लागू हुने मन्त्री शर्माले जानकारी दिए ।

 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले निकासा गरेको १ अर्व रुपैयाँ गृह मन्त्रालय आइपुगेकाले त्यही रकमबाट पीडितलाई दैनिक गुजारा गर्न पैसा उपलब्ध गराउने उनले बताए । गृह मन्त्रालयका अनुसार बाढीका कारण आजसम्म १३५ जनाको मृत्यु भएको छ भने ३५ जना बेपत्ता भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);