भुकम्प पीडितलाई थप एक लाख नयाँ सरकार र नयाँ बजेट नआएसम्म नदिने | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

भुकम्प पीडितलाई थप एक लाख नयाँ सरकार र नयाँ बजेट नआएसम्म नदिने

yubraj bhusal

काठमाडौं, २१ माघ । राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले भुकम्प पीडितलाई थप एक लाख दिने सरकारको निर्णय नयाँ सरकार र नयाँ बजेट नआएसम्म दिन नसकिने स्पष्ट पारेका छन ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्राधिकरणका सिईओ भुषालले सरकारले एक लाख रुपैयाँ थप गर्ने कुरा अहिलेसम्म औपचारिक जानकारीसमेत नआएको बताए । भुषालले आफू अर्थ मन्त्रालयमा बसेर काम गरिसकेको व्यक्ति भएकोले यो वर्ष थप रकम दिन नसकिने जिकिर गरे ।उनले प्राधिकरणसँग अहिले ५३ अर्ब रकम रहेकोले अझै ४८ अर्ब अपुग रहेको बताए ।

उनले पुननिर्माणका कार्यहरु दु्रत गतिमा भैरहेको पनि जानकारी दिए । पीडितका आँशु पुछनेगरि आफूहरुले काम गरिरहेको उनको दाबी थियो । आउने बैशाख १२ गतेसम्ममा नतिजा दिनेगरि काम भइरहेको भुसालले बताए । त्यस्तै उनले यही माघ मसान्तभित्रै १ लाख घर निर्माण भैसक्ने र ३ लाख निर्माण जारी राख्ने विश्वास दिलाएका छन । भुसालले प्राधिकरणलाई अझै १३ अर्ब रुपैयाँ आवश्यक पर्नसक्ने बताए ।

अतिप्रभावित १४ जिल्ला र प्रभावित १८ जिल्लाका स्थानीय तहहरुमा कर्मचारी खटाएको भुसालको भनाई छ । प्राविधिकहरुले सिफारिह नगरेसम्म दोस्रो र तेस्रो किस्ता दिन नमिल्ने भएकोले उक्त समस्या हल गर्नको लागि आफूहरुले गम्भिर पहल लिएको उनको भनाई थियो । त्यस्तै विगतमा डकर्मीको काम गरेकाहरुलाई पनि आफूहरुले तालिम दिने व्यवस्था गरेको उनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);