सघन शहरी विकास कार्यालयले पर्सा, बारा, रौतहटमा गत आवमा १ अर्ब ९३ करोड ६ लाख खर्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

सघन शहरी विकास कार्यालयले पर्सा, बारा, रौतहटमा गत आवमा १ अर्ब ९३ करोड ६ लाख खर्च

पर्सा । सघन शहरी विकास कार्यालय पर्सा वीरगंजले पर्सा, बारा, रौतहटमा गत आव २०७७र७८ मा आएको रु २ अर्ब ५० करोड ३० लाख १२ हजारमध्ये रु १ अर्ब ९३ करोड ६ लाख ३२ हजार खर्च भएको बताएको छ ।

सघन शहरी विकास कार्यालय, वीरगंजका प्राविधिक प्रमुख विवेक नेपालले सघन शहरी विकास कार्यक्रम अन्तर्गत आएको रु १ अर्ब ९० करोड ६७ लाख ९० हजारमध्ये रु १ अर्ब ४४ कराड ७५ लाख ७१ हजार खर्च भएको बताए । उनले यो शीर्षकमा ६५ किलोमिटर कालोपत्र र २५ किलोमिटर नाला निर्माण भएको जानकारी गराए ।

यसैगरी, आवास व्यवस्था कार्यक्रम, सुरक्षित नागरिक आवासतर्फ कन्टिजेन्सी भवन निर्माण संहिता सहकारी भवन, एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम, कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण, नयाँ शहर योजना, नमूना एकीकृत बस्ती विकास कार्यक्रमसमेत गरी कुल रु २ अर्ब ५० करोड ३० लाख १२ हजार बजेट आएकोमा असार मसान्तसम्म रु १ अर्ब ९३ करोड ६ लाख ३२ हजार खर्च भएको बताए ।

यसैगरी, सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत आव २०७६ र ७७ मा पर्सामा ९ सय, बारामा ११ सय ४० र रौतहटमा ९३० वटा छाप्रो भएको घरलाई जस्तापाताले छाउने काम भएको बताए । उनले लक्षित सङ्ख्यामध्ये आव २०७६र७७ मा तीनवटै जिल्ला गरी १७७५ वटा घरमा जस्तापाताले छाउने काम सम्पन्न भएको बताए ।

यसैगरी, आव २०७७ र ७८ मा पर्सामा ३००७, बारामा ३ हजार ३ सय २० र रौतहटमा ४ हजार ५ सय ९६ वटा छाप्रो घरमा जस्तापाता छाउने कार्य भइरहेको जानकारी गराए । उनले गत वर्ष १ हजार ९ सय ६७ वटा छाप्रो हटाएर जस्तापाता छाएको बताए । पर्सा, बारा, रौतहटका चारवटै निर्वाचन क्षेत्रमा यो कार्यक्रम भइरहेको र प्रतिघरपरिवार

रु ५० हजारको दरले जस्तापाता छाउने कार्य हुँदै आएको प्राविधिक प्रमुख नेपालले बताए । यो कार्यक्रम अन्तर्गत छाप्रो भएका घरलाई सम्बन्धित क्षेत्रका सांसद, जिसस सभापति र सघन शहरीका प्रमुखको सिफारिशमा पहिलो किस्ताबापत रु ३० हजार र काम सम्पन्न भएपछि रु २० हजार गरी रु ५० हजार भुक्तानी गर्ने प्रावधान रहेको छ ।

पर्सा, बारा, रौतहटमा गरी गत वर्ष १० हजार ९२३ वटा घरका छाप्रो हटाएर जस्तापाताले छाउनुपर्नेमा १९६७ वटा मात्र घरमा जस्तापाताले छाउने कार्य भएको छ । यसैगरी, आव २०७६र७७ मा २९७० वटा घरका छाप्रो हटाएर जस्तापाता छाउनुपर्नेमा १७७५ वटा घरको मात्र काम सम्पन्न भएको छ ।

तुलनात्मक हिसाबले २०७६ र७ ७ मा बढी काम भएको र २०७७ र ७८ मा २५ प्रतिशत मात्र काम भएको देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);