यातायात व्यवस्था कार्यालय वीरगंजले गत आर्थिक वर्षमा १ अर्ब १५ करोड ९२ हजार राजस्व संकलन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

यातायात व्यवस्था कार्यालय वीरगंजले गत आर्थिक वर्षमा १ अर्ब १५ करोड ९२ हजार राजस्व संकलन

नितेश कर्ण,

पर्सा । यातायात व्यवस्था कार्यालय (सवारी) वीरगंजले गत आर्थिक वर्ष २०७७\७८ मा रु १ अर्ब १५ करोड ९२ लाख ९२ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६\७७ भन्दा रु १७ करोड १ लाख १६ हजार रुपैँया बढी राजस्व संकलन गरेको हो ।

यातायात व्यवस्था कार्यालयका प्रमुख कुशेश्वर साहका अनुसार आव २०७६\७७ मा कार्यालयले रु ९८ करोड ९१ लाख ७६ हजार राजस्व संकलन गरेको थियो ।

गत आव २०७७\७८ मा सवारीसाधन करतर्फ रु ९४ करोड ७ लाख ५१ हजार, चालक अनुमतिपत्र÷सवारी दर्ता किताब शीर्षकतर्फ रु १५ करोड ५९ लाख ५९ हजार, यातायात क्षेत्रको आम्दानी शीर्षकमा रु ६ करोड ३५ लाख ३० हजार र प्रशासनिक दण्ड–जरिवाना–जफततर्फ रु ५० हजार ७ सय गरी कुल रु १ अर्ब १५ करोड ९२ लाख ९२ हजार राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);