शुक्रबार सुनको मूल्य ३ सयले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०७९, शनिबार

शुक्रबार सुनको मूल्य ३ सयले बढ्याे

काठमाडौं । शुक्रबार सुनको मूल्य ३ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ९२ हजार १ सय रुपैँया कायम गरिएको छ । बिहीबार सुनप्रति तोलाको ९१ हजार ८ सय रुपैँयामा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा १० रुपैँयाले बढेकाे छ । महासंघका अनुसार बिहीबार एक हजार २ सय ७० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार २ सय ८० रुपैँया कायम गरिएको छ ।

Leave a Reply