पर्साको जगरनाथपूर गाउँपालिकाले ४० करोड ५ लाखको बजेट प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पर्साको जगरनाथपूर गाउँपालिकाले ४० करोड ५ लाखको बजेट प्रस्तुत

पर्सा । पर्साको जगरनाथपूर गाउँपालिकाले शनिबार ४० करोड ५ लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका कार्यालयको सभाहालमा आयोजित छैठौं गाउँसभामा बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिकाले यस आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता ७ करोड, संघीय र प्रदेश सरकारको वित्तीय समानीकरणबाट प्राप्त हुने रकम क्रमशः ११ करोड ६८ लाख र ७९ लाख ८२ हजार, प्रदेशबाट आउने विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, आन्तरिक अनुदान ६ करोड र गरिबसँग विश्वेश्वर कार्यक्रम मार्फत आउने ५ लाख ४६ हजार रुपैयाँ गरी ४० करोड ५ लाख ४६ हजार रुपैयाँको बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष जालिम मिँयाले बताए ।


बजेटमा स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष जालिम मियाँ मन्सुरीले जानकारी दिए । उनले गाउँपालिकामा आफूले सक्ने विकास गरेको दाबी गरे ।

गाउँ सभामा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष जालिम मिँया आफ्नो नाममा रहेको १४ कठ्ठा जमिन गाउँपालिकालाई दिने घोषणा समेत गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);