फर्निचर तथा फर्निसिङ व्यवसायले अर्थतन्त्रलाई सबल र सक्षम बनाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फर्निचर तथा फर्निसिङ व्यवसायले अर्थतन्त्रलाई सबल र सक्षम बनाउने

furniture

काठमाडौं, २१ माघ । देशको आर्थिक सम्वृद्धितर्फ अघि बढेको फर्निचर तथा फर्निसिङ व्यवसाय गुणस्तरीय कार्य गरी अर्थतन्त्रलाई सबल, सक्षम र गतिशिल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । शनिबार काठमाडौंमा भएको संघको १८ औं साधारण सभामा संघका अध्यक्ष राजेश अग्रवालले फर्निचर तथा फर्निसिङ व्यावसाय अहिले धरासायी बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

कच्चा पदार्थ नपाउने, जग्गाको समस्या र लोनको समस्या सुधार गर्न माग गरे । सभाको उद्घाटन गदै बाण्ज्यिमन्त्री मीनबहादुर विश्वकर्माले नेपालमा अहिले धेरै व्यापार घाटा रहेको बताए । उनले नेपालमा भएका फर्निचर तथा फर्निसिङ व्यावसायलाई आत्मनिर्भर बनाउन व्यावसायीहरुले नै उपभोक्ताको माग र बिभिन्न डिजाइन अनुसारको सामान उत्पादन भए केही हदसम्म निर्यात गर्ने सम्भावना रहेको बताए । व्यवसायीलाई छिमेकी मुलुक चीन र भारतबाट व्यवसाय गर्न सहज भएको उनको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);