'फर्निचर तथा फर्निसिङ एक्स्पो' सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ सुरु

furniture expo3

काठमाडौं, २५ भदौ । काठमाडौंमा फर्निचर तथा फर्निसिङ सामग्रीहरुको प्रर्दशनी सुरु भएको छ । उपराष्ट्रपति नन्द किशोर पुनले बुधबार एक कार्यक्रमबीच काठमाडौंको भृकुटीमण्डलमा प्रर्दशनीको उद्घाटन गर्नु भएको हो ।

furniture expo

‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ नाम दिइएको प्रर्दशनी ५ दिनसम्म चल्नेछ । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ तथा नेपाल चेम्बर अफ कमर्शको संयोजनमा सुरु भएको सो प्रर्दशनीको उद्घाटन कार्यक्रममा महासंघका अध्यक्ष रुपेश प्रधानले नेपाल सरकारसँग फर्निचर व्यवसायमैत्री वातावरण बनाउन आग्रह गर्नु भयो । उहाँले सरकारले यस क्षेत्रको विकासका लागि भन्सार शुल्कमा समेत छुट दिनुपर्ने बताउनु भयो ।

प्रर्दशनीमा किचन, बेडरुम, बाथरुमका साथै कार्पेट, मार्वललगायतका सामग्रीहरु राखिएका छन । स्वदेशी तथा विदेशी गरी १ सय २० वटा स्टल रहेको प्रर्दशनीले नेपालको फर्निचर व्यवसायको बजारीकरणका महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);