भदौको अन्तिम साता ‘सातौं फर्निचर तथा फर्निसिङ मेला’ आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भदौको अन्तिम साता ‘सातौं फर्निचर तथा फर्निसिङ मेला’ आयोजना हुने

furniture mela

काठमाडौं, २९ बैशाख । आगामी भदौ अन्तिम साता राजधानीको भृकुटीमण्डपमा ‘सातौं फर्निचर तथा फर्निसिङ मेला’ आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघले आईतबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी भदौंको अन्तिम साता मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

फर्निचर व्यवसायको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सघाउ पु¥याउने उद्देश्यका साथ उक्त मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष रुपेश प्रधानले जानकारी दिनु भयो ।

मेलामा फर्निचर तथा फर्निसिङका लागि आवश्यक सबै औजारहरुको प्रर्दशनी हुनेछ । आगामी भदौं २५ देखि २९ गतेसम्म आयोजना हुने मेलामा ९० हजार बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);