व्यवसायीको मनोबल वृद्धिका लागि निरन्तर सहयोग रहने छ : मन्त्री रिजाल | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८१, बिहीबार

व्यवसायीको मनोबल वृद्धिका लागि निरन्तर सहयोग रहने छ : मन्त्री रिजाल

काठमाडौं, २६ वैशाख । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग/सहकार्य गर्ने विश्वास दिलाउनु भएको छ । सोमबार फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघसँगले गरेको भेटका क्रममा मन्त्री रिजालले यस्तो विश्वास दिलाउनु भएको हो ।

उचित नीतिको अभावमा फर्निचर तथा फर्निसिङ व्यवसाय विस्तार हुन नसकेको भन्दै महासंघले मन्त्री रिजाल समक्ष अन्य बिभिन्न समस्या समाधानका लागि आग्रह गरेको थियो । उद्योग स्थापना एवं दर्ता प्रक्रिया झन्झटिलो भएको भन्दै यसलाई सहज बनाउन व्यवसायीहरुले माग गरेका थिए ।

त्यसैगरी, एकातिर औधोगिक क्षेत्रमा नँया उद्योग स्थापना गर्ने स्थानको अभाव रहेको तर अर्कोतिर कतिपय उद्योगहरु संचालनमा नरहेर पनि स्थान ओगटीरहेको भन्दै महासंघ टोलिले मन्त्री रिजालको ध्यानाकर्षण गराएका थिए । उद्योगको नाममा तयारी समान प्रदर्शन कक्षको रुपमा केहि स्थानहरु उपयोग भैरहेको जानकारी गराउदै महासंघले त्यस्ता क्रियाकलाप बिरुद्द अनुगमन गर्न मनरी रिजाललाई आग्रह गरेको थियो ।

महासंघ प्रतिनिधिमण्डलले फर्निचर तथा फर्निसिङ व्यवसाय क्षेत्र असुरक्षित रहेको भन्दै मन्त्री रिजाललाई क्रेडिट कानुन समेत समेट्ने गरी व्यवसायिक सुरक्षा ऐन को तर्जुमा गर्नु जरुरी रहेको बताएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);