नेपालमा घरेलु मदिरा ब्रान्डिङ गरी बिक्रि गर्ने सम्भावना कति ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

नेपालमा घरेलु मदिरा ब्रान्डिङ गरी बिक्रि गर्ने सम्भावना कति ?

काठमाडौं,२६ माघ । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रबर्दन गरिने बताउनु भएको छ । बिहिबार उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रबर्दन बिषयक छलफलमा मन्त्री रिजालले यस्तो बताउनु भएको हो । ठुला उद्योगी हावी नहुने गरि साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्रि प्रबर्दनको व्यवस्था मिलाइने मन्त्री रिजालले स्पष्ट पार्नु भयो । मन्त्री रिजालले घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्रि प्रबर्दनको व्यवस्था मिलाईने बताउनु भएको हो ।

राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री प्रबर्दन ९दचबलमष्लन० का लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ । मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ब्रान्डिङ गर्ने नीति लिएको छ । सोहि अनुरुप आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा बिक्री प्रबर्दन सम्बन्धि रोड म्याप समेत प्रस्तुत गरिएको थियो ।

छलफलमा अर्थमन्त्री डा। प्रकाश शरण महत र कानुन मन्त्री धनराज गुरुङको समेत उपस्थिति रहेको थियो । छलफलमा बोल्दै अर्थमन्त्रि महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा बिशेष ध्यान पुर्याउनु पर्ने बताउनु भयो । त्यसैगरी कानुन मन्त्री गुरुङले घरेलु मदिराको उत्पादन तथा बिक्रि प्रबर्दनका लागि स्पष्ट कानुन प्रति संबेदनशील हुनु पर्ने बताउनु भयो ।

छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको उपस्थिति रहेको थियो । त्यस्तै, उद्योग सचिव मुकुन्दप्रसाद निरौला, वाणिज्य तथा आपूर्ती सचिव नारायणप्रसाद दुवाडी तथा प्रदेशका मूख्य सचिवहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);