नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूल्ठूला निकाय र नेताहरुनै संलग्न रहेको तोसिमा कार्कीको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूल्ठूला निकाय र नेताहरुनै संलग्न रहेको तोसिमा कार्कीको आरोप

काठमाडौं, २६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणका देशका ठूल्ठूला निकाय र राजनेताहरुनै संलग्न रहेको आरोप लगाउँदै आक्रोश व्यक्त गर्नु भयो । उहाँले सबै सांसदहरुको सम्पत्ति संसद सचिवालयको वेबसाईटमा तत्काल सार्वजनिक गरि उनीहरुको सम्पत्तिको स्रोत खोज्न पनि सभामुखलाई निर्देशन दिनु माग गर्नु भयो ।

सांसद कार्कीले भन्नु भयो, ‘प्रश्न छ–यो सदन देश निर्माण गर्न छलफल गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहशन स्थल हो ? नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठूलाठूला निकाय र राजनेताहरु संलग्न भएको कुरा बाहिर आईरहेको छ । प्रहरीद्धारा पक्राउ पूर्जी जारी गर्दासमेत जोगाउन खोजिएको छ । एकले अर्कालाई जोगाईरहने, काण्डैकाण्ड गरिरहने अनि देश डुबाईरहने ? अन्तराष्ट्रिय जगतमा राष्ट्रलाई नै, राज्यलाई नै दलाल स्थापित गराउने अनि के मुखले अनुदान माग्न जाने ? सबै सांसदहरुको सम्पत्ति वेबसाईटमार्फत सार्वजनिक गरियोस् । करसहितको स्रोत खोज्न पनि निर्देशन दिइयोस् ।’

सांसद कार्कीले संसद भ्रष्टाचारीहरुलाई जोगाउने प्रहशन स्थलजस्तो भएको भन्दै आपत्ति समेत जनाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);