उधोग क्षेत्रमा लगानि बढाउन सहज वातावरण तयार गर्छौ : मन्त्री रिजाल | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०८३, बिहीबार

उधोग क्षेत्रमा लगानि बढाउन सहज वातावरण तयार गर्छौ : मन्त्री रिजाल

नवलपरासी, चैत १४ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कोरियाली लगानीकर्तालाई नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

बुधबार नवलपरासीमा ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपालमा नियम कानुननमा कुनै बाधा अडनच भए समाधान गरेर सरकारले लगानीको सहज वातावरण तयार गर्ने स्पष्ट पार्नु भयो ।

सामसङको यो नयाँ टेलिभिजन कारखानाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय रमेश रिजाल र सामसङ दक्षिण९पश्चिम एशियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जेबि पार्कले संयुक्त रुपमा गर्नु भएको हो । उदघाटन पश्चात मन्त्री रिजालले कारखाना अवलोकन गर्नु भएको थियो ।

काराखाना स्थापना भएसँगै देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने विश्वास गरिएको छ । नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादनगर्न स्थापना गरेको यो नै पहिलो उदाहरण रहेको क्म्पनिलिले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै गोल्छा समुहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपालीबजार प्रति गहिरो अभिरुची देखाएको स्पष्ट गर्नु भएको छ । नेपाल र नेपालिको लागि यो महत्वपूर्ण संकेत रहेको बताउदै गोल्छाले यस क्षेत्रलाई प्रवद्र्धन गर्ने उपयुक्त नीतिहरुसंगै देशको अर्थतन्त्रमा रोजगारी, मूल्य अभिवृद्धि र देशको सीमापारीका अवसरहरुका रुपमा धेरै सकारात्मक योगदानहरु परेको देख्न सक्ने बताउनु भयो । साथै अन्य इलेक्ट्रोनिक्स समानहरु उत्पादनका लागि समेत नेपालमा कारखाना स्थापन गर्न उपयुक्त रहेको बताउनु भयो ।

उद्घाटन समारोहमा गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छा, नेपालकालागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुनपार्क, लगायत अन्य स्थानीय अधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply