स्कुलमा अब राजनीतिक कार्यक्रम गर्न नपाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

स्कुलमा अब राजनीतिक कार्यक्रम गर्न नपाइने

काठमाडौं, १४ वैशाख । अबदेखि विद्यालयहरुमा राजनीतिक दलहरुले कार्यक्रम गर्न नपाउने भएका छन् । काठमाडौं महानगरपालिकाले विद्यायलभित्र राजनीतिक कार्यक्रमहरु नगर्न निर्देशन दिएको हो । बुधबार एक सूचना जारी गर्दै महानगरले सबै विद्यालयमा परिपत्र जारी गरेको समेत जनाएको छ ।

केही विद्यालयमा राजनीतिक दल र तिनका भातृ संगठनहरुले कार्यक्रमहरु गरेको प्रमाणसहित उजुरी आएपछि यस्तो निर्णय गरेको महानगरको भनाइ छ ।

‘अब उपरान्त कुनै पनि राजनैतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ । अनुगमनका क्रममा यस प्रकारका कार्यक्रम संचालन गरेको भेटिएमा वा प्रमाण पुगेमा प्रधानध्यापकलाई विभागीय कारबाही हुने समेत जानकारी गराइन्छ ।’–महानगरले पत्रमा भनेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);