बाढी, पहिरो प्रभावितलाई खाना खर्चबात दैनिक ७० रुपैयाँ दिने निर्णय | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

काठमाडौँ, ३ भदौ । सरकारले बाढी र डुवान पीडितहरुलाई प्रतिब्यक्ति खाना खर्चबापत दैनिक ७० रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ।

 

गृह मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले पीडितलाई खाना खर्चबापत प्रति व्यक्ति दैनिक ७० रुपैयाँ दिने निर्णय भएको र त्यो रकम एकमुष्ट उपलब्ध गराइने जनाएका छन्।

 

रकम अभावमा पीडित अखाद्य वस्तु खान बाध्य भएको भन्दै गृह मन्त्रालयले नगद नै बाँड्ने निर्णय गरेको हो।