प्रधानमन्त्री देउवालाई मोदीको फोन, बाढीपीडितलाई ४० करोड सहयोग गर्ने घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री शेर बहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन गर्दै नेपालमा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ४० करोड नेपाली रुपैयाँ २५ करोड भारु सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

 

हिजो शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री देउवा र मोदीबीच कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। केही दिन अगाडि मात्रै नेपाल भ्रमणमा रहेको चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको टोलीले १० करोड नगद उपलब्ध गराउने घोषणा गरेको थियो। अहिले भारत र चीनबीच सीमा क्षेत्रमा तनाव बढ्न थालेसँगै नेपालका लागि सहयोग घोषणामा पनि प्रतिस्पर्धा देखिएको छ।

 

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासँग बाढी पीडतका लागि राहत र उद्धार कार्यमा भारत सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।अहिलेसम्म बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुको संख्या १२० पुगेको छ भने ३९ जना घाईते छन्।

 

प्रधानमन्त्री शेरबहादुर देउवाको ट्वीट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);