संविधान संशोधन विधेयक पारित गराउन एमाले बाध्य हुन्छ : मन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

संविधान संशोधन विधेयक पारित गराउन एमाले बाध्य हुन्छ : मन्त्री थापा

mountain

काठमाडौं, १ भदौ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले संविधान संशोधन विधेयक पारित गराउन प्रमुख प्रतिपक्ष एमाले बाध्य हुने दावी गर्नु भएको छ ।

 

मन्त्री थापाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बन्न पनि एमालेले संविधान संशोधन विधेयक पारित गराउनुको विकल्प नरहेको तर्क पेश गरे ।

 

उनले निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न एमाले नेतृत्वमाथि संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टी भित्रैबाट चाप र दवाव दिन सुरु भएको बताए ।

 

सरकारले आगामी सोमबार संसदमा विचाराधिन संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्दैछ । मन्त्री थापाले एमालेले साथ नदिए संविधान संशोधन विधेयक पारित नहुने बताए ।

 

विहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मधेशका जनताको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि पनि सरकार संविधान संशोधन विधेयक पारित गराउन प्रतिवद्ध रहेको बताए । उनले सरकार आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न लागि परेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);