बाढी पीडितको उचित व्यवस्थापन हुन्छ : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाढी पीडितको उचित व्यवस्थापन हुन्छ : प्रधानमन्त्री

नेपालगञ्ज, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै उपाय अपनाएर बाढीपीडितको उचित व्यवस्थान गरिने बताएका छन् । प्रधानमन्त्री देउवा आज वाढी प्रभावित क्षेत्रको अवलोकनका लागि बाँके, बर्दिया र कैलाली पुगेका थिए ।

 

बाढी प्रभावित क्षेत्रको अवलोकन पछि काठमाडौं फर्कने क्रममा नेपालगन्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । बाढी पीडितलाई सुरक्षित बसोबासको व्यस्था गरि जीविकोपार्जनका लागि उचित व्यवस्था गरिने प्रधानमन्त्रीले बताए ।

 

प्रधानमन्त्री देउवाले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन व्यवस्थापनका लागि सरकार लागि पर्ने बताए । वाढी पीडितको व्यवस्थापन सकेसम्म छिटो गरिने प्रधानमन्त्रीले आश्वासन दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);