न्यायालय भित्र राजनीतिकरण हुन दिन्न : प्रधानन्यायाधिश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

न्यायालय भित्र राजनीतिकरण हुन दिन्न : प्रधानन्यायाधिश

काठमाडौं, १ भदौ । प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले न्यायालय भित्र राजनीतिकरण हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानन्यायाधिश पराजुलीले निष्पक्ष न्याय सम्पादनका लागि आफूलाई योग्य बनाउन सबै न्यायाधिशहरुलाई सचेत गराएका छन् ।

 

उनले सबै स्थानीय तहमा न्यायालयको व्यवस्था गरिएको उल्लेख गर्दै जनतालाई न्याय दिलाउने काममा जिम्मेवार बन्ने गरी दीक्षित हुन पनि कानुन व्यवसायीहरुको ध्यानाकर्षण गराए ।

 

विहिबार कानुनी सहयोग तथा परामर्श केन्द्रले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले महिला जागरणको माध्यामबाट पनि न्याय सम्पादनको काममा अतुलनीय योगदान पुग्नेमा जोड दिए ।

 

प्रधानन्यायाधिश पराजुलीले महिलाहरु सशक्त भएकै कारण स्थानीय तहमा उनीहरुको प्रतिनिधित्व उल्लेख्य मात्रामा हुन सकेको बताए । उनले सामाजिक न्यायका लागि महिला सशक्तिकरणको आवश्यक्तामा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);